Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Drone use to clean mountains: ड्रोनबाट मलमूत्र ओसार्दा मानवमाथिको जोखिम कसरी कम?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
आगामी अक्टोबर र नोभेम्बर महिनामा सगरमाथा क्षेत्रमा रहेको आमादब्लम हिमालबाट त्यहाँ छरपस्ट रहेको मानव मलमूत्र तल झार्न ड्रोनको प्रयोग गरिने अधिकारीहरूले बताएका छन्। ड्रोनले आरोहीको मलमूत्रका अतिरिक्त हिमालमा जम्मा भएको फोहोर समेत तल ल्याउने सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पाले बताए। गत अप्रिल महिनामा सगरमाथामा ती ड्रोनको 'पहिलो तथा सफल परीक्षण' भएपछि ड्रोन सञ्चालनका लागि 'आइसफल डाक्टर'हरूलाई समेत तालिम दिइएको बताइएको छ। आमादब्लम हिमालपछि उक्त टोलीले सगरमाथा हिमालबाट मलमूत्र तल झार्ने बताइएको छ। ड्रोनको प्रयोगले मानव ज्यान कम जोखिममा पर्ने तथा कम समय र खर्चमा हिमाल सफाइ गर्न सकिने अधिकारीहरूको ठानेका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #Mountaineering #MtEverest #Drone