Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Conjoined twins: शरीर जोडिएका जुम्ल्याहा जो विद्यालय जान्छन् - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
मरिएम र एन्डिये शरीर जोडिएका जुम्ल्याहा दिदीबहिनी हुन्। केही दिनअघि उनीहरूले आफ्नो सातौँ जन्मदिन मनाए। सन् २०१६ मा जन्म हुँदा डाक्टरहरूले ती जुम्ल्याहा शिशुको केही दिनभित्रै मृत्यु हुने बताएका थिए। सन् २०१७ मा उपचारका लागि उनीहरूलाई सेनिगोलबाट यूके लगियो। लन्डनस्थित एउटा अस्पतालमा परीक्षण गर्दा मरिएमको मुटु निकै कमजोर रहेको पत्ता लाग्यो। त्यस्तो अवस्थामा शल्यक्रिया गरेर शरीर छुट्ट्याउँदा उनको मृत्यु हुन सक्ने देखियो। उनीहरूलाई जतिबेला पनि स्याहार चाहिन्छ। तर अहिले उनीहरू दक्षिणी वेल्सस्थित एउटा सामान्य विद्यालयमा पढ्न जान्छन्। मरिएम र एन्डियेका साथी र बुवा उनीहरूबारे के भन्छन्? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #ConjoinedTwins #Twins