Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Coffee pros and cons: कफीको इतिहास र यसले मानव शरीरमा पार्ने प्रभाव - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
लाखौँ मानिसहरूको दैनिक जीवनको अभिन्न अङ्गजस्तै बनेको कफीको उपभोग कम्तीमा पन्ध्र सय वर्षदेखि हुँदै आएको बताइन्छ। आधुनिक विश्वको बौद्धिक र सांस्कृतिक जग बसाल्नमा भूमिका रहेको मानिने कफी इथिओपिआको रैथाने कफिया अरेबिका नामको वनस्पतिको फलबाट बन्छ। स्वस्थ वयस्कले दैनिक सीमा तोकेर कफी पिउनु राम्रो मानिन्छ। तर उक्त सीमाभन्दा बढी कफी पिउँदा कस्ता समस्या देखा पर्छन्? कफी कहाँबाट आयो? र हामीले यो पिउँदा कस्तो प्रभाव पर्छ? जान्न यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Coffee #Lifestyle