Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
CIAA in Nepal private sector: 'अख्तियार'ले निजी क्षेत्रमा छानबिन गर्न पाउने/नपाउने?- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन दायरामा निजी क्षेत्रलाई ल्याउनुपर्ने वा नपर्ने विषय बेलाबखत राजनीतिक वृत्तमा चर्चामा आउने गरेको छ। कतिपयले त्यस्तो गर्न नमिल्ने तर्क गर्दै आएका छन् भने कतिपयले निजी भए पनि राज्यको रकम कुनै रूपमा जाने गरेको अवस्थामा त्यस्तालाई 'अख्तियार'को कार्यक्षेत्रभित्र ल्याउनुपर्ने बताउने गरेका छन्। यीलगायतका विषयमा धारणा बनाउन संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले बिहीवार एउटा नौ सदस्यीय उपसमिति गठन गरेको छ। यसै सन्दर्भमा हामीले समितिका सभापति रामहरि खतिवडालाई के निजी क्षेत्रलाई पनि अख्तियारको छानबिन दायराभित्र ल्याउन खोजिएको हो भनेर सोधेका छौँ। सुन्नुहोस् गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #CIAA #Corruption