Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cholera risk and drinking water: हैजाबाट बच्न कस्तो पानी पिउने - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
यो महिनामा काठमाण्डू, ललितपुर र कैलालीमा हैजाका २२ जना बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार कैलालीमा सात जनामा, ललितपुरमा १४ जनामा र काठमाण्डूमा एक जनामा हैजा पुष्टि भएको छ। हैजा पुष्टिसँगै जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन चिकित्सक तथा विशेषज्ञहरूले आग्रह गरेका छन्। हैजाका बिरामी बढेसँगै हामीले पिउने पानी कति सुरक्षित छ र त्यसलाई थप सुरक्षित कसरी बनाउन सकिन्छ भनेर व्याख्या गरिदिनका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुनलाई आग्रह गरेका छौँ। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #BBCNepali #Cholera #DrinkingWater