HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Chinese influence in Africa: अफ्रिकाका गाउँमा टीभी पुर्‍याउने चिनियाँ अभियान - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

चीन सरकारले अफ्रिकाका दुर्गम गाउँहरूमा डिजिटल टीभी वितरण गर्ने जिम्मा चिनियाँ कम्पनी स्टारटाइम्सलाई दिँदै "टेन थाउजन्ड भिलेजेज प्रोजेक्ट" सञ्चालन गर्‍यो। झन्डै एक दशकअघि चीनका राष्ट्रपति सी जिन्पिङले चीन-अफ्रिका शिखर सम्मेलनमा २३ वटा देशका १०,००० गाउँमा डिजिटल टीभी हेर्ने सुविधा उपलब्ध गराउने वाचा गरेका थिए। 'बीबीसी ग्लोबल चाइना यूनिट' मानिसहरूले चिनियाँ कार्यक्रमहरू कतिको हेरेका छन् र उनीहरूको चीनप्रतिको धारणामा कस्तो परिवर्तन आएको छ भनेर बुझ्न केन्याका केही गाउँमा पुगेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #China #Africa