HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Chef Narayan Shrestha: नेपाली खाद्यान्नलाई केकमा ‘फ्यूजन’ गर्न तम्सिएका पेस्ट्रीशेफ- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

धादिङका ३० वर्षीय पेस्ट्री शेफ नारायण श्रेष्ठले नेपाली खाद्यान्नलाई केक तथा पेस्ट्रीको माध्यमबाट विश्वसामु पस्किन तम्सिएका छन्। केही महिनाअघि भारतका तनुज शर्मासँग संयुक्त रूपमा 'बेक अफ द प्रफेशनल्स' जितेका पेस्ट्री शेफ श्रेष्ठले हाल त्यसका लागि अध्ययन तथा परीक्षण गरिरहेको बताएका छन्। झन्डै एक दशकयता विदेशमा पेस्ट्री शेफको काम गर्दै आएका श्रेष्ठको नेपालमा उब्जेका अन्न तथा स्वादहरूलाई केक तथा पेस्ट्रीमा प्रयोग गर्ने तयारी छ। कोदो, फापर लगायतका अन्न तथा गुँदपाक, कुराउनी, टिम्मुर, काफल, सुन्तला, खुर्सानी लगायतलाई केक, पेस्ट्री तथा डिजर्टमा प्रयोग गर्ने सकिने उनको भनाइ छ। उनीसँगको कुराकानी गरेर कमल परियारले बनाएको भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Bakery #PastryChef