Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Chaku tilauri nutritional value: ‘तिलका पाँच ओटा लड्डु दुई थाल भातबराबर’ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
माघे सङ्क्रान्तिका दिन खाइने चाकुबारे धेरै चर्चा हुने गर्छ। यस दिन चाकुसँगै घिउ, तिलको लड्डु र भुजाको लड्डु पनि खाइन्छ। चिसो समयमा चाकुले शरीरको तापक्रम कायम राख्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ भने धेरै सुत्केरी महिलाहरूले पनि यसको प्रयोग गरेको पाइन्छ। खासमा चाकुमा त्यस्तो के छ? यो कसले खान मिल्छ वा मिल्दैन? र कति खानु ठिक हो? यसबारे थाहा पाउन पोषणविद् आस्था कार्कीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #Chaku #MagheSankranti