Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cattle rescue Serbia: सर्बियामा नदी तर्न नसकेर टापुमा फसेका बस्तुभाउको उद्धार - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सर्बियामा ड्यान्यूब नदीको एउटा टापुमा २०० बस्तुभाउ फसेपछि तिनको उद्धार गर्न थालिएको छ। बेल्ग्रेडबाट पश्चिमोत्तर भागमा अवस्थित क्रिसेजिन टापुमा चर्न गएका गाईबस्तु, बाछा र घोडाहरू गत साता नदीमा पानीको तह बढेपछि त्यहाँ अलपत्र परेका हुन्। ती बस्तुभाउलाई उद्धार गर्ने प्रयास यो साता मङ्गलवार सुरु भएको हो। अहिलेसम्म केही दर्जन घोडा र बस्तुभाउलाई बाहिर निकालिएको छ। त्यहाँ कठ्याङ्ग्रिने जाडो बढ्न थालेकाले बाँकी बस्तुभाउलाई चाँडै जीवितै उद्धार गर्नुपर्ने चुनौती छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Serbia #Cattle