Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Cancer survivor on Everest: क्यान्सर जितेर सगरमाथामा चढेका जोर्डन क्षेत्री -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
नेपाली मूलका ब्रिटिश नागरिक जोर्डन क्षेत्रीले विश्वको सर्वोच्च शिखर चढ्नुभन्दा अस्पतालको शय्यामा क्यान्सरविरुद्ध लड्नु कठिन रहेको बताएका छन्। तेह्र वर्षको हुँदा एक प्रकारको क्यान्सर 'नन-हज्किन लिम्फोमा' (चौथो चरण)बाट ग्रसित भएका उनले गत साता सगरमाथा आरोहण गरेका थिए। उनले भने, ‘‘सगरमाथा चढ्न धेरै गाह्रो छ, क्यान्सर रोग गाह्रो छ। दुवै मानसिक रूपमा कठिन छन् तर क्यान्सर शारीरिक रूपमा धेरै कठिन छ।’’ आफ्नो ज्यान बचाउने साउथह्याम्प्टनस्थित अस्पतालको ‘पिअम ब्राउन वार्ड’लाई सघाउन आफू सगरमाथा चढेको उनको भनाइ छ। जुन महिनाभित्र ७,५०० पाउन्ड जम्मा पार्ने लक्ष्य लिएका जोर्डनले नेपालका सगरमाथा र लोबुचेसहित यूके, आर्जेन्टिना र स्कटल्यान्डका समेत गरेर ३१ वटा हिमाल चढेका छन्। हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ। #bbcnepali #Cancer #Everest2024