Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Canada student life: क्यानडा गएका विद्यार्थीको सपना कसरी चकनाचुर भइरहेको छ? -BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
सरकारी तथ्याङ्कका अनुसार विगत केही वर्षमा क्यानडामा कलेज भर्ना हुन आउने विदेशी विद्यार्थीको सङ्ख्या बढेको छ। सन् २०१५ देखि २०२० सम्ममा क्यानडाका कलेजहरूमा भर्ना हुने विदेशी विद्यार्थीको सङ्ख्या १५४ प्रतिशतले बढेको ‘स्टटिस्टिक्स क्यानडा’को एक प्रतिवेदनमा उल्लेख छ। क्यानडामा पढ्ने विदेशी विद्यार्थीले सामान्यतया क्यानडाकै विद्यार्थीभन्दा तीन गुना बढी शुल्क तिर्ने गरेका छन्। आफ्नो आम्दानी बढाउन कलेजहरूले विद्यार्थीबाट धेरै शुल्क उठाएको कुरा क्यानडाका आप्रवासन मामिला हेर्ने मन्त्रीले पनि स्वीकार गरेका छन्। यी चुनौतीहरूकै माझ पनि क्यानडामा पढ्न विद्यार्थीको आकर्षण कायम छ। बीबीसी संवाददाता सरबजीत सिंह धालीवालले क्यानडामा अध्ययनरत केही भारतीय तथा एक नेपाली विद्यार्थीहरूसँग कुरा गरी उनीहरूले क्यानडा जानुअघि देखेको सपना र हाल भोगेको यथार्थबीचको फरक खुलासा गरेका छन्। #BBCNepali #Canada #Students