Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bullfight Maghe Sankranti: माघे सङ्क्रान्तिमा गोरु जुधाउने परम्पराबारेको किंवदन्ती - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
हरेक वर्ष माघे सङ्क्रान्तिका दिन आयोजना गरिने गोरु जुधाइको एक मौलिक परम्परा नेपालका विभिन्न ठाउँमा दशकौँदेखि प्रचलित छ। मनोरञ्जनका निम्ति आयोजना हुने गोरु जुधाइने प्रतियोगिता आन्तरिक पर्यटकहरूका निम्ति आकर्षण बन्न थालेको छ। गोरु जुधाइमा भाग लिने गोरुको खानपानमा समेत विशेष ध्यान दिइने गोरुधनी बताउँछन्। यस वर्ष नुवाकोटको वेत्रावतीमा नौ र तारुकामा १७ हल गोरुबीच प्रतिस्पर्धा गराइएको आयोजक बताउँछन्। वेत्रावतीबाट शक्तिमाया तामाङको सहयोगमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #MagheSankranti #Bullfight