Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bijay Baral interview: 'पूर्णबहादुरको सारङ्गी'पछि 'जिम्मेवार र आँटिला’ विजय बराल - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हालसम्म सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र मानिएको 'पूर्णबहादुरको सारङ्गी'का शीर्ष कलाकार विजय बरालले आगामी दिनमा आफूले खेल्ने चलचित्र छनोटमा निकै चनाखो बन्ने बीबीसीसँगको कुराकानीमा बताएका छन्। 'पूर्णबहादुरको सारङ्गी' सफल भएपछि त्यस्तै प्रकारका चलचित्रको बाढी आउने प्रसङ्गमा उनले भने, ‘मलाई दुईचार वटा यस्तै चलचित्रमा काम गर्ने अफर आइसकेको छ। तर त्यस्तो प्रवृत्तिबाट जोगिन मैले स्क्रिप्ट माग्ने गरेको छु। मैले हालसम्म नगरेको चरित्र वा कथा आए मात्र खेल्छु।’ हाल बरालको फेरिएको परिचय, चलचित्रलाई लागेको बौद्धिक चोरीको आरोप, प्राप्त पछिल्ला प्रतिक्रिया साथै उनको व्यावसायिक जीवनबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : कमल परियार भिडिओ : विजय गजमेर #BBCNepali #BijayBaral #PurnaBahadurkoSarangi