Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bashar al-Assad downfall: सिरियामा राष्ट्रपति सत्ताच्युत भएपछि यस्तो देखियो - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सिरियामा राष्ट्रपति बशर अल-असद सत्ताच्युत भएपछि दमास्कसस्थित राष्ट्रपति भवन र अल-असदका अन्य निवासहरूमा सर्वसाधारण मानिसहरू प्रवेश गरेका थिए। बीबीसीले देखेको एउटा घटनामा मानिसहरूको उनको स्वामित्वको एउटा भवनमा लुटपाट गरेका थिए। मानिसहरूले त्यहाँबाट एअर कन्डिशनर, झाडबत्ती र अन्य सामान आफूसँग लिएर गएका थिए। गत सप्ताहान्त 'एचटीएस' समूहको नेतृत्वमा विद्रोहीहरूले राजधानी आफ्नो नियन्त्रणमा लिएपछि बशर अल-असदको सत्ता ढलेको थियो। #BBCNepali #Syria #BasharAlAssad