Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Banana wine: केरा चाँडै पाकेपछि खेर जान नदिन मदिरा उत्पादन -BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
मलावीको करोङ्गाका मानिसहरूले जलवायु परिवर्तनको दुष्प्रभाव खेप्नुपरेको छ। पानीको तह बढेपछि मलावी तालसँग जोडिएका ठाउँमा केराखेती गर्दै आएका किसानहरू टाढा सर्न बाध्य भए। उनीहरूले खेती गर्न थालेको नयाँ ठाउँमा प्रचण्ड गर्मीका कारण केरा चाँडै पाक्न थाल्यो। आफ्नो उत्पादन खेर जाने डरले उनीहरूलाई सतायो। तर उनीहरूले एउटा जुक्ति निकाले - केराको मदिरा बनाएर बेच्ने। केराखेती गर्ने केराबाट मदिरा बनाउने महिलासँग हामीले कुरा गरेका छौँ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BananaWine #ClimateChange