Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Balkumari incident victims: ‘मेरो छोराले जसरी कसैले ज्यान गुमाउन नपरोस्’ - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
ललितपुरको बालकुमारीमा भएका झडपमा ज्यान गुमाउनेमध्ये एक जना मृतक वीरेन्द्र शाहका बुवा टेकबहादुर शाहले ‘मेरो छोराले जसरी कसैले ज्यान गुमाउन नपरोस्’ भन्दै घटनाका दोषीमाथि कारबाहीको माग गरेका छन्। कोरियाली भाषा परीक्षासम्बन्धी विवादपछि ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा वीरेन्द्र र सुजन रावतको मृत्यु भएको थियो। सोमबार सरकार र पीडित पक्षबीच चारबुँदे सहमति भएको गृह मन्त्रालयले जनाएको छ। सरकारसँग सहमतिमा हस्ताक्षर हुने तयारी हुँदै गर्दा गृह मन्त्रालयमा मृतकका बुवा शाहसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BalkumariIncident #NepalPolice