Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Ayodhya Ram Mandir: नेपालबाट ‘मूर्ति बनाउन’ अयोध्या लगिएका शिलाको मूर्ति नबन्ने - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
भारतको अयोध्यास्थित निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने दिन नजिकिँदै गर्दा उक्त मन्दिरमा मूर्ति बनाउन भनेर कालीगण्डकी नदीबाट लगिएका शिलाबारे नेपालमा चासो व्यक्त भइरहेको छ। गत फेब्रुअरीमा नेपालको कालीगण्डकी किनारबाट १४ र २७ टनका दुईवटा शिलाहरू अयोध्या पुर्याइएका थिए। सुरुमा ती शिलाबाट मूर्ति बनाउने भनिएको थियो। तर पछि मूर्ति कुद्न ती शिलाहरू “उपयुक्त नभएको” भन्दै त्यत्तिकै राखिएको विवरणहरु आएका थिए। त्यसो भए ती शिला अहिले कुन अवस्थामा र कहाँ छन् त? रिपोर्ट : विष्णु पोखरेल भिडिओ : विजय गजमेर #BBCNepali #AyodhyaRamMandir #Kaligandaki