HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ayodhya Ram Mandir and Nepal: अयोध्यामा कोसेली पठाउन जनकपुरमा चहलपहल - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

ज्यानुअरी महिनाको तेस्रो साता भारतको अयोध्याको राम मन्दिरमा हुने प्राणप्रतिष्ठामा नेपालको जनकपुरधामबाट ‘भार’ (कोसेली) पठाउन तयारी भइरहेको छ। सुनचाँदीका पसलमा गरगहना र पूजाका भाँडाकुँडा बनाउन ठूलो अर्डर आएकाले कालिगडहरू रातदिन काम गरिरहेका छन्। सीताको माइतीघरबाट रामको दरबारमा पठाइने कोसेलीमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री रहने बताइएको छ। नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई अभिषेकका लागि गत साता अयोध्या पठाइएको थियो। भिडिओ : बृजकुमार यादव/विजय गजमेर #BBCNepali #Ayodhya #Janakpur