Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Aunty Skates Oorbee Roy: सारी लगाएर स्केटबोर्डिङ गर्ने ४० कटेकी महिला - BBC Nepali Sewa
BBC News Nepali · 2 years ago
केही वर्षअघिसम्म ऊर्बी रोय आफ्ना श्रीमान् र छोराछोरीले स्केट पार्कमा स्केटबोर्डिङ गर्दा छेउमा उभिएर हेरिराख्थिन्। तर ४० वर्षको उमेर पार गरिसकेकी उनलाई त्यसमा खासै उत्साह थिएन। उनलाई त आफैँ अगाडि गएर स्केटबोर्डिङ गर्न मन थियो। अन्ततः उनले एक दिन स्केटबोर्डिङमा आफैँ सहभागी हुने निधो गरिन्। उनलाई नयाँ जीवन पाएजस्तो अनुभव भयो। उनी एकाएक टिकटकमा चर्चित भइन् र 'आन्टी स्केट्स'को ख्याति पनि पाइन्। #BBCNepali #Skateboarding #Women