HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Anil Sah and Bhim Sarki: क्यानडाविरुद्ध शतक बनाएर नेपाललाई जित दिलाउने खेलाडीहरू - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

लगातार दुई जितपछि क्यानडाविरुद्ध एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा पनि सोमवार पाहुना टोलीलाई काठमाण्डूको कीर्तिपुर मैदानमा हराउँदा नायक बने अनिल साह तथा भीम सार्की। ओपनर अनिल साहले गजबको प्रदर्शन गरेर 'प्लेयर अफ दि म्याच' उपाधि हात पारे। कुशल भुर्तेल आउट भएपछि तेस्रो खेलाडीका रूपमा मैदानमा आएका भीम सार्कीले पनि साहसँग मिलेर स्कोरबोर्डमा तीव्र गतिमा रन बढाए। साहले दुई छक्का र १२ चौकासहित अविजित ११२ रन बनाए भने सार्कीले एक छक्का र ११ चौकासहित अविजित १०१ रन बनाए। खेलको भोलिपल्ट दुवै खेलाडीसँग एकसाथ कुराकानी गरेर कमल परियार र निरञ्जन राजवंशीले बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #AnilSah #BhimSarki