HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

AI boyfriends: अवास्तविक 'प्रेमी'सँग 'डेट' गर्ने चिनियाँ युवती - BBC Nepali Sewa

BBC News Nepali · 2 years ago

केही महिनायता चिनियाँ युवतीहरू नयाँ कुरामा रमाउन थालेका छन्। च्याटजीपीटीको "निषेधरहित" संस्करण प्रयोग गरेर उनीहरू "भर्चूअल प्रेमी"सँग समय व्यतीत गर्छन्। एआईबाट सिर्जित र पुरुषको आवाजमा बोल्ने "डु एनिथिङ नाउ" लाई सङ्क्षिप्त रूपमा 'ड्यान' पनि भनिन्छ। यो उपायबाट प्रयोगकर्ताले च्याटजीपीटीमा भएका सुरक्षाका आधारभूत प्रावधानहरूलाई छलेर भर्चूअल प्रेमीसँग अन्तरङ्ग र रमाइलो कुराकानी गर्ने सुविधा प्राप्त गर्न सक्छन्। अमेरिकामा बस्ने चिनियाँ 'इन्फ्लुअन्सर' लिसा ली केही महिनादेखि ड्यानसँगको "सम्बन्ध" मा छिन्। उनले नै चिनियाँ युवतीहरूलाई भर्चूअल अर्थात् 'अवास्तविक' प्रेमीसँग रमाउन सिकाएकी हुन्। बीबीसी ग्लोबल चाइना यूनिट र राइटर्स टीमले उनीसँग कुराकानी गरेर बनाएको यो भिडिओ हेर्नुहोस्। #BBCNepali #China #AI