Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
2004 tsunami survivor: ‘म शवहरूले घेरिएको थिएँ, उनीहरूले मलाई भूत सम्झे’- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सन् २००४ मा इन्डोनेशियाको आचेह प्रान्तमा आएको सुनामीका बेला मार्टुनिस सात वर्षका थिए। उक्त सुनामीले उनकी आमा र भाइबहिनीहरूको ज्यान लियो। एशियामा दुई लाख ३० हजार जनाभन्दा धेरै मानिसको ज्यान गयो। समुद्रमा तीन हप्ता बाँचेपछि 'चामत्कारिक बालक' भनिएका मार्टुनिसको कथा भाइरल भयो र यसले चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको ध्यान खिच्यो। दुई दशकपछि बीबीसी इन्डोनेशियालाई दिएको अन्तर्वार्तामा मार्टुनिसले सुनामीका बेलाका आफ्ना सम्झनाहरू साटेका छन् र उक्त त्रासदीपछिको आफ्नो जीवनबारे बताएका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Indonesia #Tsunami