HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

1st female chief secretary Lila Devi Gadtaula: 'पटकपटक आफूलाई प्रमाणित गर्नुपर्‍यो'- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपालको प्रथम महिला मुख्यसचिव बनेकी लीलादेवी गडतौला उमेरहदका कारण भदौ १५ गतेपछि सेवा निवृत्त हुँदै छिन्। तत्कालीन मुख्यसचिव वैकुण्ठ अर्याल भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि उनले सरकारले मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्। बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा आफूले ‘सोच्दै नसोचेको’ जिम्मेवारी पाएको बताएकी उनले महिला भएकै कारण विगतमा आफू कैयौँ पटक भूमिकाविहीन बन्नुपरेको तथा पटकपटक प्रमाणित गर्नुपरेको बताएकी छन्। आफ्नो छोरालाई छात्रावासमा राखेर समेत आफू पढाइमा होमिएको उनले बताएकी छन्। निजामती सेवामा उनको अनुभव र मुख्यसचिवसम्म यात्रामा उनले गरेको सङ्घर्षबारे बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : कमल परियार भिडिओ : विजय गजमेर #BBCNepali #Women #Bureaucracy