HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

युगान्डा: ‘मेरा १२ श्रीमती, १०२ छोराछोरी र ५६८ नातिनातिना’- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

युगान्डाको एउटा गाउँमा बस्ने मुसा हासाया कसेराले आफ्नो ठूलो परिवारमा १२ श्रीमती, १०२ छोराछोरी र ५६८ जना नातिनातिना रहेको बताएका छन्। “मेरा धेरै समस्या छन्। विद्यालयमा तिर्न, सबैलाई खानेकुरा, लत्ताकपडा र कोही बिरामी भइहाल्यो भने उपचारका लागि पैसा चाहिन्छ,” हाल ६८ वर्षका उनले भने। उनले बढ्दो परिवारको आकार रोक्न आफ्ना श्रीमतीहरूलाई परिवार नियोजन गर्न लगाएका छन्। युगान्डामा बहुविवाहले कानुनी मान्यता पाएको छ। यो देश विश्वमा सबैभन्दा धेरै जन्मदर भएका देशहरूमध्ये पर्छ। यहाँका ५० प्रतिशत महिलाहरूले मात्र आधुनिक परिवार नियोजनमा पहुँच पाएको यूएन विमिनले जनाएको छ। “जब उनले अर्की श्रीमती ल्याए मलाई निकै नराम्रो लागेको र रिस उठेको सम्झना छ। तर समयसँगै मलाई त्यसमा बानी पर्‍यो," मुसाकी साइँली श्रीमती जबिना हासायाले भनिन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Uganda #Family