Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Worm in human brain: मानिसको मस्तिष्कमा कसरी पुग्यो जिउँदो जुका
BBC News Nepali · 2 years ago
अस्ट्रेलियामा चिकित्सकहरूले एक महिलाको मस्तिष्कबाट आठ सेन्टिमिटर लामो जुका निकालेका छन्। मान्छेको मस्तिष्कमा यस प्रकारको जिउँदो जुका फेला परेको यो पहिलो घटना भएको बताइएको छ। उक्त परजीवी प्रायः अजिङ्गरमा पाइन्छ। वैज्ञानिकहरूका अनुसार ती महिलाको मस्तिष्कमा उक्त जुका दुई महिनादेखि बसेको हुनसक्छ। ती महिलाको गत वर्ष क्यान्बरामा शल्यक्रिया गरिएको थियो। यसबारे 'इमर्जिङ इन्फेक्शस डिजीजेज' जर्नलमा अहिले विवरण प्रकाशित भएको हो। उक्त विवरणमा जुकाको लार्भाले मानिसको शरीरमा अतिक्रमण गरेर मस्तिष्कमा वयस्क जीव विकसित भएको यो पहिलो घटना भएको ठानिएको उल्लेख छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Worm #Health