HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

विदेशबाट राँगा, साँढे र बोका किन ल्याइन्छ?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

दूध र मासुमा आत्मनिर्भर बन्न भनेर र नस्ल सुधार तथा विकासका लागि विदेशबाट उन्नत जातका पशु आयात गरिँदै आएको अधिकारीहरूले बताएका छन्। विदेशबाट उन्नत जातका पशु ल्याउने प्रक्रिया निकै झन्झटिलो तथा खर्चिलो हुने भए पनि त्यस्ता पशु भित्र्याएर गरिएका सुधारका प्रयासले दूध उत्पादन र गुणस्तर वृद्धिमा उल्लेख्य सुधार आएको उनीहरू बताउँछन्। भेडामा यस्तो प्रयास त्यति सफल भएको छैन तर बोएर जातको बाख्रामा सफलता मिलेको अधिकारीहरू बताउँछन्। नेपालमा सन् २०१० मा झन्डै ११ लाख मेट्रिक टन दूध उत्पादन भएकोमा सन् २०२२ सम्म आउँदा वार्षिक २६ लाख मेट्रिक टन दूध उत्पादन भएको सरकारी तथ्याङ्क छ। त्यसको मुख्य श्रेय उन्नत जातका पशु आयात र नस्ल सुधार कार्यक्रमलाई जाने बताइन्छ। हालै कोरियाबाट उन्नत जातका कोरली गाई र साँढे ल्याइएको छ भने भारतबाट केही हप्तामै मुर्रा जातका राँगाहरू ल्याउन लागिएको छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Cattle #Agriculture