Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
विशेष अन्तर्वार्ता: "आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो दिँदा पनि हुन्छ"
BBC News Nepali · 4 years ago
आस्ट्राजेनेका खोप बनाउने समूहको नेतृत्व गरेका वैज्ञानिक एन्ड्रयु पोलार्डले दोस्रो मात्रा खोप लिन ढिला भएपनि प्रतिरोधी क्षमता कायमै रहने बीबीसी न्यूज नेपालीलाई बताएका छन्। अक्सफर्ड आस्ट्राजेनेका खोपको दोस्रो मात्रा ढिलो लगाउँदा त्यो झन प्रभावकारी हुने उनको भनाइ छ। नेपालमा धेरैलाई दिइएको र दोस्रो मात्राको प्रतिक्षा भैरहेको कोभिशिल्ड खोप उक्त अक्सफर्ड-आस्ट्राजेनेका खोपको एउटा नाम हो। प्राध्यापक पोलार्डले खोपको पहिलो मात्रा लगाएपछि नै त्यसबाट उच्चस्तरको सुरक्षा प्राप्त हुने जनाएका छन्। भिडिओ सम्पादन: सृजना श्रेष्ठ #AndrewPollard #OxfordVaccineGroup #AztraZeneca