HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

वाग्नर समूहको त्रास र अन्योलबीच रुसको सर्वोच्च शीखर चढेका नेपाली- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

रामेछापमा जन्मिएका ३१ वर्षीय प्रकाशराज पाण्डेले निकै त्रास र अन्योलबीच युरोपको सर्वोच्च शिखर माउन्ट एल्ब्रुस आरोहण गरेको बताएका छन्। रुसमा अवस्थित उक्त पर्वत आरोहण गर्न उनी जून २२ मा मस्को पुगेका थिए। तर उनी पुगेकै भोलिपल्ट रुसलाई भाडाका सैनिकहरू उपलब्ध गराउने वाग्नर समूहले सैन्य विद्रोहको उद्घोष गरेको समाचारहरू आए। तत्पश्चात् उत्पन्न अन्योल र त्रास तथा परिवारले फर्कन गरेको दबाबपूर्ण आग्रहबीच उनले कार्य तालिका छोट्याएर आरोहण गरेका हुन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Russia #MtElbrus