Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
उत्तरी भारतमा वर्षाले निम्त्याएको विनाश- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
उत्तरी भारतमा वर्षाका कारण निम्तिएको विपत्मा परेर कम्तीमा २८ जनाको मृत्यु भएको छ भने पुल र भवनहरू भत्किएका छन्। बाढी र पहिरोका कारण हिमालयको सिमावर्ती हिमाचल राज्य, जहाँ सबैभन्दा बढी मृत्यु भएको छ, त्यहाँ जनजीवन अस्तव्यस्त भएको छ। आइतवार यो राज्यमा सामान्यभन्दा दश गुणा बढी पानी परेको छ। राजधानी नयाँ दिल्लीमा सन् १९८२ यताका जुलाई महिनामा यस वर्ष सबभन्दा धेरै वर्षा भएको हो। भारत मौसम विभागले भारतको उत्तरी राज्यमा अझै वर्षा हुने अनुमान गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #India #Flood