HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

US illegal immigrants: अमेरिकाबाट निष्काशित मानिसलाई नेल र हतकडी बाँधेर एल साल्भाडोर-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सक्रिय एउटा आपराधिक गिरोहको सदस्य भएको आरोप लगाउँदै देशनिकाला गरिएका २०० जनाभन्दा बढी मानिसलाई एल साल्भाडोरको एउटा जेलमा राखिएको छ। अमेरिकाले उनीहरूलाई हतकडी र नेल बाँधेर विमानमार्फत् उक्त मध्यअमेरिकी देश पुर्‍याएको थियो। भेनेजुएलाका २३८ जनासँगै अमेरिकाले एमएस-थर्टीन नामक अर्को अन्तर्राष्ट्रिय गिरोहका २३ सदस्यलाई पनि त्यसरी नै निष्काशन गरेर एल साल्भाडोर ल्याएको एल साल्भाडोरका राष्ट्रपतिले बताएका छन्। निष्काशनमा परेर बन्दी बनाइएका कसैको पनि नाम खुलाइएको छैन। दुवै देशले उनीहरू अपराधमा संलग्न भएको पुष्टि हुने कुनै प्रमाण पनि दिएका छैनन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #ElSalvador #USImmigration