HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

US aid in Nepal: अमेरिकी सहायता रोकिँदा नेपालका स्वास्थ्य कार्यक्रममा पर्न सक्ने असर-BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

विदेशमा दिइने सहायता स्थगित गर्न हालै अमेरिकी विदेश मन्त्रालयले निर्देशन दिएपछि विश्वभरि त्यसको असर पर्ने ठानिएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबिओले मानवीय सहायताका हकमा अपवाद हुने बताए पनि नेपालको अर्थ मन्त्रालयले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको स्रोततर्फ कुनै दायित्व सिर्जना नगर्न विभिन्न निकायहरूलाई पत्राचार गरेको अधिकारीहरूले बताएका छन्। अर्थ मन्त्रालयको पत्र पाउनेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पनि रहेको छ जसका केही स्वास्थ्य कार्यक्रममा सहायता स्थगनको असर पर्ने देखिएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीसँग कुराकानी गरेका छन्। #BBCNepali #BBCNepaliSewa #USAid #DonaldTrump