Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
उच्च हिमाली भेगबाट यसरी गरिन्छ घाइते पर्वतारोहीको 'लङ लाइन’ विधिबाट उद्धार- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
हिमाल आरोहणका क्रममा घाइते भएका तथा बिरामी परेका कैयन् आरोहीलाई ‘लङ लाइन’ अर्थात् हेलिकप्टरको माध्यमबाट डोरीमा उद्धारकर्तालाई पठाएर उद्धार गरिन्छ। तर समयमै उद्धार गर्न नसक्दा कैयौँको ज्यान समेत जाने गरेको उद्धारकर्ता बताउँछन्। वर्षौँदेखि लङ लाइन प्रविधिबाट दर्जनौँको उद्धार गरेका दक्ष उद्धारकर्ता रेस्क्यू स्पेसलिष्ट छिरिङ पान्दे भोटे र रेस्क्यू पाइलट सिद्धार्थ गुरुङले हेलिकप्टरबाट गरिने उद्धार छिटो छरितो भए पनि चुनौतीपूर्ण रहेको बताएका छन्। यो वसन्त ऋतुमा २८ वटा हिमाल आरोहणका लागि कुल ६५ देशका आरोहीहरूले अनुमति लिएको सरकारी तथ्याङ्क छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Longlinerescue #Mountains