Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Trump gifted pager : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सुनौलो पेजर उपहार - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सुनौलो पेजर उपहार दिएका छन्। उक्त पेजर सन् २०२४ को सेप्टेम्बरमा इजरेलले हिज्बुल्लाहविरुद्ध गरेको आक्रमणको बेलाको "युद्धको निर्णायक मोड"को सङ्केत भएको नेतन्याहूको कार्यालयले जनाएको छ। त्यस बेला इजरेलले हिज्बुल्लाहका सदस्यहरूको पेजर विस्फोटन गराएको थियो। आक्रमणमा दर्जनौँ मानिसको ज्यान गएको थियो। #bbcnepalisewa #DonaldTrump #Israel