HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Toronto aircraft crash: क्यानडामा पल्टिएको अमेरिकी विमानको ट्राफिक कन्ट्रोल अडिओ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक अमेरिकी यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको अवस्थामा पुग्दा त्यसमा सवार केही यात्रुहरू घाइते भएका बताइएको छ। अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको उडानमा सवार रहेका सबै ८० जना मानिसहरूको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। दुर्घटनाग्रस्त उक्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छ। अनलाइनहरूमा राखिएका नाटकीय भिडिओ फुटेजहरूमा अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालिरहेको देखिन्छ। #BBCNepali #BBCNepaliSewa #Toronto #PlaneCrash