HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दिउसो काम गर्ने रातका विद्यार्थी - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

समयमै स्कुल पढ्न नपाएका र दिउँसो काम गर्न बाध्य भएका विद्यार्थीका लागि रातिमा पढाइ हुने विद्यालयले आफूहरूका लागि ठुलो अवसर प्रदान गरेको विद्यार्थीहरूले बताएका छन्। काठमाण्डूको नक्सालमा रहेको नन्दी रात्री माध्यमिक विद्यालयमा बालबालिकादेखि पाका उमेरसम्मका विद्यार्थीहरू पढ्ने गर्दछन्। विसं २००४ सालमा स्थापना भएको भनिएको यस विद्यालयमा बेलुका पाँच बजेदेखि राति नौ बजेसम्म पढाइ हुने गर्छ। जसका कारण प्राय जसो दिनमा श्रम गर्ने र गृहिणीहरू पढ्न आउने गरेको विद्यालयका प्रधानाध्यापक राजेश हुमागाईँले बताए। भिडिओ: कमल परियार #BBCNepali #NightSchool #Education