HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दुर्लभ लुपस कस्तो रोग हो? यो कसरी पत्ता लाग्छ? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 4 years ago

तेइस वर्षको हुँदा १७ वर्षअगाडि भावना स्याङ्देनलाई लुपस रोगका लक्षण देखा परे। जोर्नी दुख्ने, ज्वरो आउने र थकित हुने लक्षण देखिन थालेपछि स्याङ्देनले धेरै अस्पताल र चिकित्सकलाई देखाइन्। बल्लबल्ल उनलाई लुपस लागेको पत्ता लाग्यो। एकदमै कम मानिसलाई लाग्ने लुपस रोगका बिमारीमध्ये ९५ प्रतिशत महिला हुन्छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका बुद्धि पौडेलका अनुसार लुपस रोग लागेपछि पूर्ण रूपमा निको हुँदैन। तर जीवनशैली र खानामा सतर्कता अपनाउन सके यो रोगसँगै बाँच्न सकिन्छ। भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Lupus #Health