HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

दुर्घटनामा परेका आफन्तको शव चिन्न सकस- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

भारतको ओडिशा राज्यको बालासोरमा भयानक रेल दुर्घटना भएको तीन दिन बितिसकेको छ। उक्त घटनामा ज्यान गुमाएका मानिसका आफन्तले अर्को अकल्पनीय सास्ती खेप्नुपरेको छ। शुक्रवार राति दुईवटा यात्रुवाहक र एउटा मालवाहक रेल जुध्दा २७५ जनाको मृत्यु भएको थियो भने १,००० जना घाइते भएका थिए। ती यात्रुवाहक रेलमा ३,००० जनाभन्दा बढी मानिस भएको बताइएको छ। ओडिशा राज्यका अधिकारीहरूले सोमवार बताएअनुसार अझै १०० वटाभन्दा बढी शवको सनाखत हुन बाँकी छ। ती रेलमा यात्रा गरिरहेका आफ्ना प्रियजनको खोजी गर्न र तिनको अवस्था पत्ता लगाउन आफन्तहरू ओडिशाका अस्पतालमा भेला भएको देखिन्छ। दुर्घटनामा परेका केही व्यक्तिका आफन्तले त्यस क्रममा आफूले खेप्नुपरेको सास्तीबारे बीबीसीसँग कुरा गरेका छन्। स्थानीय प्रशासनले मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेको भए पनि त्यो त्यति सहज नभएको बीबीसीका विनीत खरे बताउँछन्। #BBCNepali #TrainAccident #India