Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
दुर्घटना जाँचबुझ गर्न सघाउने ब्ल्याक बक्सले कसरी काम गर्छ? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
गत आइतबार पोखरामा दुर्घटनाग्रस्त जहाजबाट निकालिएको 'ब्ल्याक बक्स' जाँचबुझका लागि कुन देश पठाउने भनेर यकिन भई नसकेको पछिल्लो जाँचबुझ समितिका सदस्यसचिव बुद्धिसागर लामिछानेले बताएका छन्। सेती नदीको खोँचमा खसेको यती एअरलाइन्सको विमानबाट सोमबार सुरक्षाकर्मीले निकालेको ब्ल्याक बक्स समितिले प्राप्त गरे पनि अनुसन्धान प्रक्रिया सुरु भई नसकेको जनाइएको छ। जहाजको पछिल्लो भागमा रहने विद्युतीय उपकरण ब्ल्याक बक्स वास्तवमा कालो रङ्गको नभई गाढा सुन्तला रङ्गको हुन्छ। विमान दुर्घटना जाँचबुझमा 'ब्ल्याक बक्सले' कसरी सघाउँछ भन्नेबारै नेपाल वायुसेवा निगमका इन्जिनियरिङ निर्देशक विक्रम केसी के भन्छन्? भिडिओ: कमल परियार #BBCNepali #PlaneCrash #BlackBox