Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
थाई सेनाको पानीजहाज यसरी डुब्यो समुद्रमा, ३० जना अझै बेपत्ता - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
थाई जलसेनाले गल्फ अफ थाईल्यान्डमा आँधीहुरी चल्दा आफ्नो एउटा युद्धपोत समुद्रमा डुबेको जनाएको छ। गस्ती गर्न निस्किएको एचटीएमएस सुखोथाई नामक उक्त जहाजमा १०५ नाविक थिए। सोमवारसम्म ७५ जनाको उद्धार गरिएको भए पनि ३० जना अरू अझै हराइरहेको थाई जलसेनाले जनाएको छ। जीवित फेला परेकामध्ये केही अचेत अवस्थामा थिए। हराइरहेका नाविकहरूको खोजी कार्य जारी छ। समुद्रको पानीले उक्त जहाजको विद्युत् आपूर्ति गर्ने प्रणाली डुबाएपछि सो दुर्घटना भएको बताइएको छ। हेर्नुहोस् यो भिडिओ। #bbcnepali