Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Tenjen Sherpa 14 peaks: जसले सगरमाथामा दाइ गुमाएपनि १४ हिमाल पुग्ने दृढता गुमाएनन्
BBC News Nepali · 2 years ago
कीर्तिमानी आरोही तेन्जेन शेर्पाले दाजु गुमाएको शोकबीच कीर्तिमान बनाउनु निकै कष्टकर भएको बताएका छन्। सबैभन्दा छोटो समय अर्थात् बयानब्बे दिनमा उनले नर्वेली पर्वतारोही क्रिस्टिन हरिलासँगै विश्वका चौध वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान बनाएका हुन्। तर त्यस बीचमा सङ्खुवासभाका चौँतीस वर्षीय शेर्पाका दाजु फुर्वा शेर्पाले सगरमाथा सफाइ अभियानका क्रममा ज्यान गुमाएका थिए। पारिवारिक शोकबीच समेत विश्राम नलिई हालसम्मकै छोटो समयमा १४ हिमाल चढेर कीर्तिमान बनाउँदा भने उनी खुसी छन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Mountains #Climbing