Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टर्की भूकम्प: 'राहत वितरण प्रभावकारी छैन, खानपिनमा समस्या छ' - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण त्यहाँ कार्यरत आप्रवासी कामदार तथा विद्यार्थीहरू समेत प्रभावित बनेका छन्। नेपालको बारा जिल्ला घर भइ हाल गाजीयान्टेप विश्वविद्यालयमा इलेक्ट्रिकल ईन्जिनियरिङ अध्ययनरत विद्यार्थी शकिल शेखले राहत वितरण तथा उद्धार प्रणालीमा समस्या रहेको बताएका छन्। उनले नेपाली विद्यार्थीहरूलाई स्थिति सामान्य नबनेसम्म केही समयका लागि अन्य सुरक्षित सहरमा सारिदिन समेत अपिल गरेका छन्। टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाई ७.८ म्याग्निट्यूडको भूकम्पका कारण हजारौँको ज्यान गएको छ भने कैयन् हराइरहेका छन्। भिडिओ: कमल परियार #BBCNepali #Turkey #Earthquake