HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘ट्रफि हन्टिङ’ के हो? नेपालमा कुन जनावर मार्न अनुमति दिइन्छ?- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

विदेशी सिकारीहरूले नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको सिकार गर्न सरकारलाई टेन्डरमार्फत् लाखौँ रुपैयाँ तिरेर अनुमति लिने गरेका छन्। तर उच्चहिमाली क्षेत्रका भीरपाखामा पाइने नाउर र झारलको सिकार गरेपछि सङ्कलित 'ट्रफि' अर्थात् सिङ, खप्पर र छाला सिकारीसम्म पुर्‍याउन भने सहज नभएको सिकार व्यवसायीको गुनासो छ। वर्षमा दुई पटक सिकार गर्न सकिने उक्त आरक्षमा पछिल्लो पटक १९ नाउर र १४ झारलको सिकार गर्न कोटा निर्धारण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Trophy #Hunting