Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तालिबानको एम्बुसमा दुवै खुट्टा गुमाएका ब्रिटिश लाहुरे कसरी सगरमाथा चढ्दै छन्?
BBC News Nepali · 3 years ago
रोल्पामा जन्मेका भूतपूर्व ब्रिटिश गोर्खा सैनिक हरिबहादुर बुढा मगर कृत्रिम खुट्टाको सहयोगमा यस पटक विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्दै छन्। सन् १९९९ मा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका मगरले सन् २०१० मा अफगानिस्तानमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टाको घुँडाभन्दा माथिसम्मको भाग गुमाएका थिए। बुढा मगरका अनुसार करिब १६ जना बढी सदस्य रहने उनको आरोहण दलमा आठजना शेर्पा रहनेछन् जसमध्ये सबैले कम्तीमा एक पटक सगरमाथा चढिसकेका छन्। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Amputee #Everest