Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
तालिबानको एम्बुसमा दुवै खुट्टा गुमाएका आरोही सगरमाथाबाट फर्केपछि के भन्छन्? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले सगरमाथा चढ्न सोचेजस्तो सजिलो नभएको बताएका छन्। शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्कने क्रममा आधार शिविरबाट सोमवार उनले बीबीसी न्यूज नेपालीसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन्। रोल्पामा जन्मेका उनले घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाएका हुन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्। उनले सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाएका थिए। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #HariBudaMagar #Everest