Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
टाइटनको सञ्चार सम्पर्क विच्छेद हुँदा के भयो? एक पूर्वयात्रुको अनुभव- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
मेक्सिकन अभिनेता तथा यूट्यूबर एलान इस्ट्राडाले गत वर्ष टाइटन सब्मर्सबलमा यात्रा गर्दा गहिरो समुद्रभित्र उक्त पनडुब्बीको बाहिर विश्वसँग सम्पर्क विच्छेद भयो। गत आइतवार दुर्घटनामा परेको यस पनडुब्बी त्यस बेला पनि टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ जाने क्रममा थियो। पनडुब्बी झन्डै १,००० मिटरको गहिराइमा रहेका बेला सम्पर्क विच्छेद भएपछि सञ्चालकहरूले यात्रा रोक्न लागेका थिए। आफूहरू सतहमै फर्किन लागेका बेला सम्पर्क पुनर्स्थापित भयो र पनडुब्बीले आफ्नो गन्तव्यमा सुरक्षित रूपमा पुगेको इस्ट्राडा बताउँछन्। इस्ट्राडाले यस यात्राको भिडिओ खिची यसबारे रोएटर्स समाचारसंस्थालाई बताएका थिए। #BBCNepali #Titanic #Titan