HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Sudanese refugees : लिबियामा रहेका सुडानी शरणार्थी महिलाका दुःख- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

राष्ट्रसङ्घीय शरणार्थी हेर्ने निकाय यूएनएचसीआरका अनुसार सन् २०२३ को एप्रिलयता दुई लाख १० हजारभन्दा बढी सुडानी शरणार्थी लिबिया प्रवेश गरेका छन्। तीमध्ये कैयौँले आफूहरूले भोगेका हिंसा र दुर्व्यवहारको अनुभव बीबीसीलाई बताएका छन्। जीवनस्तर सुधार्ने अपेक्षा बोकेर परिवारसहित सुडानबाट लिबिया पुगेकी सल्मा (नाम परिवर्तन गरिएका महिला) लिबिया शरणार्थीसम्बन्धी महासन्धिमा हस्ताक्षरकर्ता नभएकाले "अवैध आप्रवासी"का रूपमा निकै सास्ती खेप्न बाध्य बनिन्। मानव तस्करहरूको ज्यादती, घरबारविहीन हुँदाको बिचल्ली तथा बलात्कारको पीडा खेप्नुपर्दा सल्मालाई आफू बाँच्ने आशा करिब मरिसकेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Refugees #HumanRights #bbcnepalisewa2020