Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Sri Lanka disappearance: मैले मेरो बेपत्ता हुनु भएको बुबालाई कति माया गर्छु भन्न पाइनँ
BBC News Nepali · 2 years ago
जबरजस्ती बेपत्ता पारिएका पत्रकारका छोरा भन्छन् आफ्ना बुबालाई कति माया गर्छु भन्न नपाएकोमा पछुतो छ। बेपत्ता पारिएको व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका दिन हरित एक्नेलिगोडाले आफ्नो कथा भनेका छन्। देशमा राष्ट्रपतिको चुनाव हुन २ दिन अगाडी सन् २०१० ज्यानुअरी २४मा उनका बुबा प्रगित बेपत्ता हुँदा उनी १३ वर्षका थिए। प्रगित एक पत्रकार, कार्टुनिष्ट र मानव अधिकारवादी थिए। उनी श्रीलङ्काका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षेको प्रशासनको आलोचनाका लागि चर्चित थिए। सरकार र श्रीलङ्काको सेनाले उनको बेपत्ता हुनुमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ। एम्नेस्टि इन्टरनेशनलले श्रीलङ्कामा सन् १९८०को दशकको अन्त्यदेखि ६०,००० देखि १,००,००० मानिस बेपत्ता भएको अनुमान गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #CivilWar #Conflict