Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Spitting cobra: विराटनगरमा भेटिएको 'थुकेर विष निकाल्ने' सर्प - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
विराटनगरमा थुकेर बिष फाल्ने र अति विषालु मानिने ‘स्पिटिङ कोब्रा’ फेला परेको छ। गत शनिवार एक घरमा भेटिएको सर्पलाई नगरपालिकाका नगर रक्षक हवल्दार शम्भु घिमिरेले सर्प समात्ने औजारले समातेका थिए। तर उक्त सर्प जिल्ला वन कार्यालयलाई बुझाउने क्रममा पिँजडामा राख्दा सर्पले करिब दुई मिटर टाढाबाटै घिमिरेको अनुहारमा विष फालिदिएपछि उनी घाइते भए। झन्डै २८ घण्टा अस्पताल बसेपछि उनी घर फर्किए। #BBCNepali #BBCNepaliSewa #SpittingCobra #Cobra