HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Speed cameras in Kathmandu: सवारीको फोटो खिचियो? जरिवाना हुन सक्छ!- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

काठमाण्डू उपत्यकामा ३० प्रतिशतभन्दा बढी दुर्घटना तीव्र गतिका कारण हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ। काठमाण्डू उपत्यकामा आर्थिक वर्ष २०७८/७९ मा १०,७३३ ओटा सवारी दुर्घटनाहरू भएका छन् जसमध्ये तीव्र गतिका कारणले ३,५४३ दुर्घटना भएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरीको तथ्याङ्कमा छ। यस्ता दुर्घटना न्यूनीकरणका लागि केही हप्ताअगाडि उपत्यकाका विभिन्न तीन भागमा स्पीड रिकग्निसन क्यामरा अर्थात् अटोमेटिक नम्बर प्लेट रेकग्निसन क्यामरा एएनपीआर क्यामरा जडान गरिएको छ। जडान गरिएको क्यामराबाट अहिले निरीक्षणको काम सुरु गरिएको छ। “कारबाही नै हाम्रो उद्देश्य नभएर जनचेतनामार्फत् दुर्घटना न्यूनीकरण गर्नु हाम्रो लक्ष्य हो।” काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले बीबीसी न्यूज नेपालीलाई बताए। ‘ब्ल्याक स्पट’ पहिचान गरेर अर्को आर्थिक वर्षसम्ममा अर्का दुई स्थानमा यस्ता क्यामरा जडान गर्ने योजना रहेको उनले बताए। भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Traffic #RoadSafety