HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

South Korea: दक्षिण कोरियामा लडाकु विमानबाट झुक्किएर नागरिकहरूमाथि बम प्रहार - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

दक्षिण कोरियामा सैन्य अभ्यासमा रहेका लडाकु विमानहरूले एउटा गैरसैनिक आवासीय क्षेत्रमा झुक्किएर आठवटा बम खसालेका छन्। बिहीवारको उक्त घटनामा केही मानिस घाइते भएका छन्। तीमध्ये दुई जनाको स्थिति गम्भीर छ। उत्तर कोरियाबाट हुन सक्ने आक्रमणको प्रतिकार गर्ने उद्देश्यले दक्षिण कोरियाली सेनाले नियमित रूपमा सैन्य अभ्यास गरिरहन्छ। बिहीवार त्यस्तै तयारीमा रहेका दुइटा केएफ-१६ जेटबाट उक्त दुर्घटना हुन पुगेको बताइएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #SouthKorea #MilitaryDrill